९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिस र स्क्वासका खेलाडी छनोट

अ+ अ-

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन्।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन्।

पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन्। गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–१६ र ११–६ ले पराजित गर्दै पहिलो बनेका हुन्।

अमृत नेपालगञ्जमा भएको आठौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पद विजेतासमेत हुन्। महिलातर्फ कृष्ण थापामगर (गोरखा), सृशिका उदास र करिश्मा ओली (कास्की) छनोट भएका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगितामा लमजुङ, मुस्ताङ र मनाङबाहेक आठ जिल्लाबाट २६ पुरुष र सात महिलाले प्रतिस्पर्धा गरेका थिए।

छनोट खेलका विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजबहादुर गुरुङ, सदस्य शुभकन्या गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरे।

टेबल टेनिसतर्फ गण्डकी प्रदेशबाट १० खेलाडी छनोट भएका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगितबाट स्याङ्जाका बुद्धिमान गुरुङ, बागलुङका समीर खत्री, कास्कीका किसन जिसी, लमजुङका प्रितम गुरुङ र पर्वतका प्रतीककुमार राना छनोट भएका छन्। पुरुषतर्फको वैकल्पिक खेलाडीमा कास्कीका अनुष कुँवर छनोट भएका छन्।

महिलातर्फ कास्कीका मुना थापा, पर्वतका प्रकृति थापामगर, लमजुङका शुभेच्छा अधिकारी, कास्कीका तृषा गुरुङ र बागलुङका सचिना पुरी छानिएका छन्। वैकल्पिकमा कास्कीकका निर्मला ओली गिरी छनोट भएकी छन्। छनोट भएका खेलाडीले गण्डकी प्रदेशको टिमबाट पुरुषतर्फको सिंगल, डबल्स, टिम इभेन्ट्स तथा महिलातर्फ सिंगल, डबल्स, टिम इभेन्ट्स र मिक्स डबल गरी सात इभेन्टमा प्रतिस्पर्धा गर्ने टेनिस प्रतियोगिताका संयोजक उत्तम जोशीले जानकारी दिइन्।

नवलपुरबाहेक प्रदेशका १० जिल्लाबाट ८५ खेलाडी छनोट खेलमा सहभागी थिए। छनोटमा परेका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरे। आगामी असोज २८ गतदेखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस