काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस भएको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले निता गौतम दीक्षित, विनोद शर्मा र प्रा.डा.डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।
सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये निता गौतम दीक्षित उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् ।
वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुखसमेत हुन् ।