८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सेवा प्रवाहको प्रभावकारिता नै सरकारको प्रतिविम्ब हो : मुख्यमन्त्री पाण्डे

अ+ अ-

 बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिवर्तन भएको महशुस गर्न सक्ने बताएका छन् । 

 बुधबार निजामती सेवा दिवस २०७९ अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व निर्वाह हुने राज्यले प्रदान गरेको सेवाहरूलाई जनतामाझ लैजान आह्वान समेत गरेका छन् । उनले कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै सरकारको प्रतिविम्ब भएकाले सबै राष्ट्रसेवक कर्मचारीले जिम्मेवारी तथा उत्तरदायी भएर कर्तव्यपालनामा व्यावसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

 ‘सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सबै राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिवर्तन भएको महशुस गर्न सक्ने भएकोले सोही अनुसार कार्य सम्पादन गर्नका लागि आव्हान समेत गर्दछु ।’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘निजामती सेवामा संलग्न कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएकाले यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेसागत मर्यादा कायम राखी कर्तव्यपालनामा व्यावसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने आजको आवश्यकता रहेको छ ।’ राज्यलाई नागरिकको घरदैलोमा पुर्‍याउने माध्यम निजामती सेवा भएकाले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहलाई स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जबाफदेहिता कायम गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । 

 उनले पेसागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफैले ग्रहण गर्न समेत आह्वान गरेका छन् । ‘बागमती प्रदेश सरकार प्रदेश र प्रदेश भित्र रहेका निजामती लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको पेसागत सुरक्षा र उच्च मनोबल कायम गरी सेवा प्रवाहमा सुधार ल्याउनको लागि कानुन तर्जुमा, संस्थागत संरचना सुधार लगायत आवश्यक अन्य पूर्वाधारहरूको व्यवस्थापन गर्नका लागि सदैव तयार रहने समेत विश्वास दिलाउन चाहन्छु ।’  उनको सन्देशमा उल्लेख छ ।

उनले ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइन लागेको १९ औँ निजामती सेवा दिवस २०७९ अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूमा हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस