९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपमाथि प्रहरीले थाल्यो निगरानी, सामान्य रूपमा बोलाएर आउने सम्भावना न्यून

अ+ अ-

काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

क्यारे बियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुङ्गो छैन।

उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दै छ।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

मङ्गलवार प्रहरी वृत्त गौशालामा उनीविरूद्ध जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भदौ ५ गते मध्यराती काठमाडौँ –९ सिनामंगलस्थित एक होटेलमा पुर्‍याएर सन्दीपले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जाहेरी दिएकी छन्। त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको देखिएको छ।

प्रहरीले घटनाको मुचुल्का उठाउने, प्रमाण सङ्कलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ। प्रहरीले काठमाडौँ र नगरकोटमा बसेको होटेलको सिसिटिभी फुटेज पनि सङ्कलन गरेको छ।

बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ। अनुसन्धान भइरहँदा विदेशमा रहेका सन्दीपलाई कसरी नेपाल ल्याइन्छ ?

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रमाण सङ्कलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने–नथाल्ने निर्धारण हुने बताए।

नेपाल प्रहरीले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको छ । सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको प्रहरी स्रोतले बतायो ।

नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक-अनौपचारिक रूपमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस