६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कासमा कुटिएका डाक्टरविरुद्ध पक्राउ पुर्जी जारी, ६० जनाले दिए सामूहिक राजीनामा

अ+ अ-

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरू गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बेलुका उपकुलपति मङ्गल रावल समक्ष सामूहिक राजीनामा बुझाएका डाक्टर र कर्मचारीहरूले इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको अस्पतालका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए ।

सामूहिक राजीनामा दिनुको प्रमुख कारण भने भदौ २ गते इमरजेन्सी विभागमा कार्यरत डाक्टर करण साहमाथि कुटपिटको घटना रहेको चिकित्सकहरूले बताएका छन् । भदौ २ गते डा. शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए ।

इमरजेन्सी कक्षमा डाक्टर साहलाई हातपात गरेको भिडियो बाहिरिएपछि चिकित्सकहरूले कर्मचारी शाहीलाई कारबाहीको माग गर्दै आन्दोलित भएका थिए । डाक्टर साहले आफूमाथि ड्युटी समयमा हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका थिए । तर मङ्गलवार जिल्ला अदालत जुम्लाले डा।साहलाई नै नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेपछि डाक्टर र कर्मचारीहरू एकाएक सशांकित भए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको ब्यहोरा उल्लेख गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।

भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ड्युटीमा रहेका बेला साहले उपचार नगरेको र बालक पृथकविक्रम शाहीलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको ब्यहोरा उल्लेख गर्दै जाहेरी परेको थियो ।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्लाका ६ वर्षीय बालक शाहीको उपचारमा साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा भदौ १३ गते जाहेरी दिएकी थिइन् । पृथकविक्रम डाक्टर कुट्ने कर्मचारी धनबहादुरकै छोरा हुन् ।

सामूहिक राजीनामा दिएकाहरूले डा. साहविरुद्ध झुटा मुद्दा लगाइएको भन्दै मङ्गलवारदेखि इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका थिए । बुधबार बिहान १० बजे त्यही विषयमा प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाईँसहित सरोकारवालाहरूबिच छलफल चलिरहेको थियो ।

‘भित्र छलफल चलिरहेका बेला बाहिर एसिया इन्टरनेश्नल स्कुलका बालबालिका र केही महिलाहरूको ठुलो भिड आयो र बाल अधिकार हनन गर्ने डाक्टर चाहिँदैन भन्दै प्रदर्शन गर्न थाल्यो,’ आन्दोलनरत एक डाक्टरले भने, ‘डाक्टर साहको मुद्दालाई बार्गेनिङ गर्न उनी विरुद्ध नै अर्को मुद्दा चलाइयो । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ । त्यसैले सामूहिक राजीनामा दिएका हौँ ।

प्रतिक्रिया दिनुहोस