१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस प्रवक्ता डा. महत काठमाडौँ ५ बाट चुनाव नलड्ने

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर महत आफैँ भने यहाँ चुनाव नलड्ने भएका छन् ।

२०७४ को चुनावमा महत काठमाडौँ ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले विजयी भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत पाएका थिए ।

यो निर्वाचन क्षेत्रमा ३० वैशाखको स्थानीय निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा अहिले पनि एमाले पहिलो छ । उसको १९ हजार २२९ मत छ भने कांग्रेसको १४ हजार ५३२ मत छ । २७३९ मतका साथ राप्रपा तेस्रो, १ हजार ५५३ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार १३९ मतका साथ माओवादी केन्द्र पाँचौं स्थानमा छ । गठबन्धन गर्दा पनि एमाले अगाडि भएका कारण डा. महतले काठमाडौँ ५ मा उठ्ने रुची देखाएका छैनन् ।

त्यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि कांग्रेसले यो क्षेत्रमा अडान लिएको छैन ।

महत निकट एक नेता भन्छन्, ‘नुवाकोट १ बाट उठ्ने उहाँको तयारी छ, काठमाडौं ५ मा उठ्नुहुन्न ।’ महतको नाम गृहक्षेत्र नुवाकोट १ बाट पनि सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस