२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग र व्यापार क्षेत्रमा सुधार गरें : मन्त्री बडू

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र कोभिड-१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दावी गरेका छन् ।

बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

२४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमुलक उद्योगको अवस्था जटिल अवस्थामा रहेको र त्यसलाई नीति तथा कार्यक्रम र बजेटबाट सहज बनाउँदै लगेको मन्त्री बडूको दावी छ ।

‘उत्पादन मूलक उद्योग कुल उत्पादन क्षमताको ४० प्रतिशत मात्रैमा चलेका थिए । १० प्रतिशत त्यस्ता उद्योग बन्द भएका थिए,’ मन्त्री बडूले भने, ‘अहिले त्यस्ता उद्योग पुरानै अवस्थामा फर्किएका छन् । व्यापारमा आयातमा सहजीकरण र निर्यात २ खर्ब नाघेको छ ।’

अर्थतन्त्रको सुधारका लागि मन्त्रालयले पहिले कार्यक्रम र त्यसलाई सहजीकरण गर्नेगरी नीतिगत व्यवस्था गरिएको पनि मन्त्री बडूले दावी गरे ।

मन्त्रालयले मुलुकलाई आत्मनिर्भर बनाउन र स्वदेशी वस्तुको उपभोगका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभोग अभियान घोषणा गरेको मन्त्रालयको भनाइ छ । नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्यातमा अनुदानको व्यवस्था गरिएको पनि मन्त्रालयको दावी छ ।

यस्तै, नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको पनि मन्त्री बडूले जानकारी दिए । थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको छ । यस्तै, ४९ उद्योगका ६६ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस