काठमाडौँ । जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटना भएको हो ।
रुकुम जिल्लाको राडिदेखी मैदा ९पिठो० लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो । ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् भने रोल्पा गंगादेब गाँउपालिका–३ नविन डाँगी घाइते भएका छन् ।