काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।
नगरपालिकाले १३ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने सूचना जारी गरेको हो ।
सार्वजनिक स्थान, फुटपाथ लगायतका क्षेत्रमा ठेलागाडा राखेर व्यापार नगर्न, निषेधित क्षेत्रमा पार्किङ नगर्न नगरपालिकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर बुझाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ । यस्तै मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन पनि आफैंले हटाउनुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना:
