७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मी फर्किए काममा

अ+ अ-

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् । उनीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

जिल्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्यभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति गरेपछि चिकित्सकहरू काममा फर्किएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका थिए । गत भदौ २ गते डा। करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए । डक्टरलाई कुट्ने धनबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

सीसी फुटेज बाहिरएपछि डक्टर कुटेको देखिएको थियो । त्यही बीचमा भदौ १३ गते डक्टरले नाबालकको उपचार नगरेको भन्दै बाल हिंसा जन्य कसुरमा धनबहादुरकी पत्नी आशा हमालले मुद्दा दर्ता गरेकी थिइन् । त्यही मुद्दाको आधारमा डक्टर साहलाई पक्राउ पुर्जी जारी भएपछि प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामाको घोषणासमेत गरेका थिए ।

दुई दिनसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका चिकित्सक तथा स्वस्थ्यकर्मीहरुले सामूहिक राजीनामा उपकुलपति डा। मंगल रावललाई बुझाएका थिए । बोद्यार्थ जिल्ला प्रशासन कार्यालय जुम्लालाई समेत दिइएको थियो ।

नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा। कमल थानीले अस्पतालका सबै सेवा सुरु भएको जानकारी दिए । उनले भने, ‘डा। साहमाथि दर्ता गरिएको मुद्दा फिर्ता लिने सहमतिपछि अस्पतालका सबै सेवा सञ्चालनमा आएका छन् । पक्रउ पुर्जी खारेजीको लागि प्रक्रिया समेत अघि बढिसकेको छ । अस्पतालका सेवा सञ्चालनमा आएसँगै बिरामीलाई जाँच गर्न सहज भएको छ । डा। साहलाई कुटेको फुटेजमा स्पष्टसँग देखिँदा देखिँदै पनि उल्टै कुटाइ खाने डक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना थियो ।

डा थानीका अनुसार डा। साहमाथि लागेको मुद्दा फिर्ता लिनका लागि धनबहादुर शाहीकी पत्नी आशा हमालले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिइसकेकी छन् ।

डा। कुटिएको विरोधमा नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन, कालिकोट जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, बीपीकेएचएस धरान, नेपाल चिकित्सक संघ जनकपुर शाखा, सरकारी चिकित्सक संघ नेपाल भरतपुर शाखा, जिल्ला अस्पताल दार्चुला, नेपाल डेन्टल एसोसिएसन, नेपाल चिकित्सक संघ, जिल्ला अस्पताल बझाङ, वीर अस्पताललगायतका चिकित्सक संघ, संगठन तथा स्वास्थ्य संस्थाहरुले विज्ञप्ति निकालेर यसअघि नै विरोध जनाउँदै आएका थिए ।

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर कुट्ने शाहीलाई ४५ दिन निलम्बन गरेको छ । प्रतिष्ठानको कार्यकारी परिषद्‍ले अस्पताल निर्देशक डा। पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ । जुन समितिले अहिले छानबिन गरिरहेको जनाएको छ ।

नेपाल चिकित्सक संघले भने आफ्ना विरोधका कार्यक्रम स्थगित गरेको जनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत साहमाथि पक्राउ पुर्जी जारी भएपछि संघ आन्दोलित भएको थियो । यस्तै डक्टर कुट्ने धनबहादुर शाही ३ लाख २० हजार धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस