७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिदहरूले देखाएको बाटो मार्गनिर्देशन : अध्यक्ष यादव

अ+ अ-

धनुषा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदहरूले देखाएको सहादतबाट प्राप्त सङ्घीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् ।

जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले संघीयता र समावेशितालगायतका मुद्दा संस्थागत गर्न कहिल्यै कदम पछाडि नहटाउने प्रतिबद्धतासमेत व्यक्त गरे । मुलुकमा विभेदविरुद्धको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सहिदहरूले देखाएको बाटो आफूहरूको मार्गनिर्देशन रहेको उल्लेख गरे ।

मधेस आन्दोनलका क्रममा विसं २०७२ भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रमअन्तर्गत प्रहरीको गोली लागि सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । विसं २०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि सञ्जय चौधरी, दिलीप यादव र नितु यादवको मृत्यु भएको थियो ।

उनीहरुको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको सहिदगेट पुगेर अध्यक्ष यादवले सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा मुजेलियास्थित सहिदद्वारमा आयोजित श्रद्धाञ्जलिसभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका राज्यमन्त्री योगेन्द्रराय यादव, प्रदेश सरकारको पूर्वआन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, वडाध्यक्ष पुण्यप्रताप यादवसहितका वक्ताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस