दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दार्चुलाका बाढी पहिरो पीडितलाई आजदेखि राहत वितरण गरिँदै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ ।

हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् । बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेका छन् ।

आजदेखि राहत वितरणसँग बाढीले थप क्षति नहोस् भनेर लास्कु खोलामा स्थायी तटबन्धन लगाउन सुरु गरिएको छ । साथै, सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्ने काम पनि सुरु गरिएको छ । नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको छ ।

लास्कु खोलामा आएको बाढीले झोलुङ्गे पुल र बन्दै गरेको पक्की पुल बगाएपछि खोलापारिको बस्ती बजारसँग विच्छेद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस