९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समर्थित मोर्चा र जनप्रगतिशील मञ्च पश्चिम एसियाबीच एकता

अ+ अ-

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसियाको क्षेत्रीय समितिको भेला ९ सेप्टेम्बरमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको भेलामा  पश्चिम एसियाका सात देशहरू इजरायल, कुवेत, ओमन, बहराइन, साउदी, कतार र युएईका राष्ट्रिय समितिहरूबाट उल्लेखनीय उपस्थिति रहेको थियो । 

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता सुरु भएको भेलामा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिव टिबी पाठकको समेत उपस्थिति रहेको थियो । नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसियाका संयोजक शनि कुमार ओलीको सभापतित्व र सचिव हरि नेपालीको सञ्चालन गरेका भेलाले विप्लव समर्थित नेकपाको प्रवासस्थित सङ्गठन नेपाली जनप्रगतिशील मोर्चासँग एकता समेत गरेको छ । साथै नेपाल समाजवादी पार्टीमा आबद्ध राज भट्टराई नेपाली जनप्रगतिशील मञ्चमा समाहित भएका थिए ।

कतार, साउदी, बहराइन, ओमन, कुवेत र युएईका जनप्रगतिशील मोर्चाबाट एकता प्रक्रियामा आएकाहरूलाई स्वागत गर्दै प्रमुख पन्तले माओवादीले संविधान सभामार्फत स्थापित गरेका एजेन्डालाई व्यवहारमा लैजानकै लागि पनि माओवादीले जित्नै पर्ने र त्यसको लागि प्रवासी नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । कार्यक्रममा प्रवास समितिका अध्यक्ष ओम शर्माले पश्चिम एसियाको पहलमा भएको एकता अभियान सराहनीय भएको बताउँदै यस किसिमको कार्यक्रम सवैतिर हुनुपर्ने बताए । प्रवास समितिका सचिव टिबी पाठकले भेलामा खाडीमा काम गर्ने मजदुरहरूको उल्लेखनीय रहेको बताउँदै एकता भेलाले पश्चिम एसियामा नयाँ सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । 

भेलाले नेपाली जनप्रगतिशील मञ्च पश्चिम एसिया क्षेत्रीय समितिमा शनि कुमार ओली संयोजक र हरि नेपाली सचिव रहने गरी नेपाली जनप्रगतिशील मोर्चाबाट एकता प्रक्रियाबाट आएकाहरूको समेत सहभागितामा क्षेत्रीय समितिको पुनर्गठन गरेको छ । भेलामा नेपाली जनप्रगतिशील मोर्चाको तर्फबाट श्रीकृष्ण भट्टराई, मीन राज नाथ, युवराज कार्कीले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस