६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको विद्रोही समूहद्वारा चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस चितवनको विद्रोही समूहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई चुनौती दिने तयारी थालेको छ ।

काँग्रेस शुद्धीकरण अभियान नामको उक्त समूहले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको नाममा काँग्रेसले उम्मेदवारी नदिएका ठाउँमा बागी उम्मेदवारी खडा गर्ने घोषणा गरेको हो ।

चितवनका ३ प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा मध्ये काँग्रेसका उम्मेदवार नभएको क्षेत्रमा बागी उम्मेदवारी दिने काँग्रेसको विद्रोही समूहको अडान छ । यो समूहले गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा जगन्नाथ पौडेललाई विद्रोही खडा गरेको थियो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा उम्मेदवारी दिने काँग्रेस विद्रोही समूहको रणनीति तयारी छ ।

पौडेलले चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बनेको भन्दै रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गरिने बताए । काँग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन ३ मा काँग्रेसको उम्मेदवारी नभएमा आफूहरूको उम्मेदवारी हुने बताए । यस क्षेत्रमा  गठबन्धनबाट प्रचण्ड उम्मेदवार हुने निश्चित जस्तै छ। प्रचण्डले पनि चितवन ३ बाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस