७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षभित्र पेट्रोल र मट्टितेल पनि पाइपबाटै ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयातको सफलतासँगै पेट्रोल, मट्टितेल र ग्यास आयातको तयारी नेपाल आयल निगमले गरिरहेको छ ।

पेट्रोल र मट्टितेल आयात अहिले डिजेल ल्याइरहेको पाइपलाइनबाट ल्याउन सकिन्छ भने ग्यासको लागि अर्को पाइपलाइन बनाउनुपर्ने हुन्छ ।

ग्यास आयात पनि पाइपलाइनबाट ल्याउनको लागि अहिले छलफल भइरहेको निगमले जनाएको छ ।

डिजेलमात्र आयात भइरहेको उक्त पाइपलाइनबाट पेट्रोल र मट्टितेल लिने तयारी भइरहेको हो । हाल अमलेखगञ्जमा पेट्रोल र मट्टितेल भण्डारणको लागि ट्याङ्की निर्माण कार्य भइरहेको छ ।

पाइपलाइनबाट डिजेल आयातमा सफल भएपछि पेट्रोल र मट्टितेल आयात गर्ने गरी तयारी भइरहेको नेपाल आयल निगमका मधेस प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रदीप यादवले बताए ।

अहिले अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि बन्दै गरेको ट्याङ्कीको निर्माण सम्पन्न भएपछि सन् २०२४ जनवरीदेखि पेट्रोल र मट्टितेल समेत पाइपलाइनबाटै आयात गर्ने तयारी भएको उनले बताए ।

यस पाइपलाइनबाट तीनवर्षमा झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ ।

२०७६ भदौदेखि डिजेल आयात सुरु भएको थियो । अहिलेसम्म कुल २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल आयात भएको प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख यादवले जानकारी दिए ।

पाइपलाइनबाट डिजेल आयात गर्दा अहिलेसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबर बचत भएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटरमा फैलिएको यो पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो ।

यो पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता प्रादेशिक कार्यालय प्रमुख यादवले जानकारी दिए ।

यस्तै ग्यास पाइपलाइन सञ्चालनमा आएपछि अहिले भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचतसमेत हुने उनले बताए ।

यस्तै पाइपलाइनबाट डिजेल आयात गर्दा बीच बाटोमा चोरी हुने समस्याको समयको अन्त्य भएको यादवले बताए ।

गत शुक्रबार पाइपलाइन परियोजना सञ्चालन भएको तीनवर्ष पूरा भएको अवसरमा प्रादेशिक कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । पाइपलाइन सञ्चालनको तीन वर्षसम्म कुनै पनि दुर्घटनारहित ढङ्गबाट इन्धन आयात गर्न सम्भव भएको भन्दै यसले इन्धनमा हुँदै आएको चुहावट रोक्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

अहिले उक्त पेट्रोलियम पाइपलाइनलाई विस्तार तयारी भइरहेको छ ।

हाल उक्त पाइपलाइनलाइ चितवनसम्म पुर्‍याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढ्ने उनले बताए ।

अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो । २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ ।

१९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्न सक्छ ।

अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। अहिले दैनिक औसत पाँचहजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार पाँच सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको आएको छ ।

प्रतिक्रिया दिनुहोस