५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार सिफारिस भएपछि कोइरालाले फिर्ता गरे सरकारी गाडी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को १ झ ६५४ नम्बरको गाडी सोमबार बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयले संसदीय दलका नेताहरूलाई सरकारी गाडी उपलब्ध गराएको थियो । कोइरालाले निर्वाचनपूर्व समानुपातिक मनोनयनसंगै पद रिक्त हुने विषय बाहिर आएकाले सरकारी सवारी साधन जिम्मा लगाएको जानकारी दिए ।

कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट संघीय सांसद सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुङ्गानाको नाम पनि सिफारिस भएको छ । अघिल्लोपटक पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउँदै उनले मंसिर ४ गतेको निर्वाचनमा पनि पार्टीले न्याय गर्ने बताए ।

कोइराला २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट १७ हजार ८ सय ९२ मतसहित विजयी भएका थिए । उनले नेकपा एमालेका रामप्रसाद महतोलाई १ हजार ४ सय १७ मतको अन्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस