१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहाडी जिल्लामा खटिने चिकित्सकलाई डेढ लाखसम्म प्रोत्साहन भत्ता

अ+ अ-

काठमाडौँ । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरूलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

उक्त कार्यक्रमका लागि मन्त्रालयले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ तयार पारेको छ । कार्यविधिअनुसार प्रदेश सरकारले ११ वटा जिल्ला अस्पतालमा काम गर्ने आठदेखि ११ औँ तहका विशेषज्ञ चिकित्सकलाई अधिकतम १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । यो कार्यविधि २०७९ भदौदेखि चालु आर्थिक वर्षको असार मसान्तसम्म लागु हुने जनाइएको छ ।

‘प्रदेश १ सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित सरकारी स्वास्थ्य संस्थामा दिइने स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी एवं उपलब्धिमूलक बनाउन विशेषज्ञ चिकित्सकहरूको मनोबल बढाइ सेवा प्रवाहमा थप जिम्मेवारीका साथ विशिष्ट चिकित्सकीय सेवा प्रदान गर्न प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको’ कार्यविधिमा उल्लेख छ ।

चिकित्सकलाई जिल्लाअनुसार भत्ता, कुनमा कति ?
कार्यविधिअनुसार प्रोत्साहन भत्ता कार्यक्रम ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र उदयपुरमा लागु हुनेछ ।

उल्लेखित जिल्लामध्ये सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका अस्पतालमा काम गर्ने ११ औँ तहका चिकित्सकलाई मासिक अधिकतम १ लाख ५० हजार तथा नवौँ र दशौँ तहका चिकित्सकलाई अधिकतम १ लाख ३५ हजार तथा आठौँ तहका चिकित्सकलाई अधिकतम १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।

त्यस्तै, धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने ११ औँ तहका चिकित्सकलाई ७५ हजार, नवौँ र दशौँ तहका चिकित्सकलाई ६८ हजार र आठौँ तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

करारका चिकित्सकलाई पनि भत्ता
प्रदेश स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिअनुसार प्रदेश करार र छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउनेछन् । सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरूमा खटिने प्रदेश र छात्रवृत्ति करारका ११ औँ तहका चिकित्सकले मासिक ७५ हजार, नवौँ र दशौँ तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।

त्यसै गरी, धनकुटा, उदयपुर र इलाममा खटिने करारका ११ औँ तहका चिकित्सकले ३८ हजार, नवौँ र दशौँ तहका चिकित्सकले ३४ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार झापा, मोरङ र सुनसरीमा खटिने चिकित्सकले भने प्रोत्साहन भत्ता पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस