११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको उपाधि यात्रामा भारत तगारो, ४-० ले पराजित

अ+ अ-

काठमाडौँ । नेपाल फुटबलको उपाधि यात्रामा पुनः एकपटक भारत तगारो बनेको छ । नेपाली युवा टोली श्रीलङ्कामा सम्पन्न साफ यू-१७ च्याम्पियनसिपमा भारतसँग ४0० ले पराजित भएको छ । यससँगै नेपाल फेरि उपाधिबाट वञ्चित भएको छ । 

पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो । तर, नेपालले त्यही लय फाइनलमा भने दोहोर्‍याउन सकेन । यससँगै भारत नेपालसँग बदला लिँदै उपाधि उचाल्न सफल भएको छ । १५ वर्ष उमेर समूहमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । 

कोलोम्बोको रेडकोर्ष मैदानमा भारतले १८औँ मिनेटमा बबी सिंह ऐनद्रिमबमको गोलबाट अग्रता लिएको थियो । ६ यार्ड बक्समा अनमार्क रहेका बबी सिंहले कप्तान बनलालपेका गुइटेको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् । ३०औँ मिनेटमा कोरोउ सिंह थिङगुजामले भारतका अग्रता दोब्बर बनाए । कोरोउले पनि गुइटेकै पासमा गोल गरेका हुन् ।

दुई गोलले पछि परेको नेपाल ३९औँ मिनेटमा कप्तान प्रशान्त लक्षमले रातो कार्डको सामना गरेपछि झन दबाबमा परेको थियो । प्रशान्तले भारतका ड्यानी लैश्रमलाई कुहिनाले हानेपछि रेफ्रीले सिधै रातो कार्डको दर्शन गराएका थिए

दश खेलाडीमा सिमित भएर खेलेको नेपालले ६३औँ मिनेटमा अर्को गोल खाएको थियो । भारतका कप्तान गुइटेले दर्शनीय गोल गरेका थिए । उनले बाँया भागबाट गरेको क्रस सिधै गोलमा परिणत भएको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी अमनले अर्को गोल थपेका थिए । 

भारतले सेमिफाइनलमा बंगलादेशलाई २-१ ले हराएको थियो भने नेपालले आयोजक श्रीलङ्कालाई ६-० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस