रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति


३० भाद्र २०७९, बिहिबार


एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्।

उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्।

हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको अधिकारीको दाबी छ। युक्रेनको दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस