काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे ।
महाअभियोग सिफारिस समितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई कहिल्यै नभेटेको बताए ।
बरु जबरा भने बिचौलिया भएको पौडेलले बताए ।
सर्वोच्चका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी २०७० सालमा गैरदलीय चुनावी सरकारको मन्त्रिपरिषद् अध्यक्ष बनेका थिए ।