८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक पढ्ने विद्यार्थीको कमी, छात्रवृत्तिको रकम नै खर्च हुन सकेन

अ+ अ-

काठमाडौँ ।’रोल्पानगर, एक घर एक रोजगार’ नारा दिएर रोल्पा नगरपालिकाले सुरु गरेको प्राविधिक छात्रवृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन ।

रोल्पा जिल्लामै पहिलोपटक प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको नगरपालिकाले कोटा अनुसार विद्यार्थी नपाउँदा हरेक वर्ष लक्षित कोटाको झण्डै आधा रकम फिर्ता हुने गरेको छ ।

निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न चाहने, नगरभित्र बसोबास गर्दै आएका र प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई नगरपालिकाले सो छात्रवृत्ति दिने गर्दछ । हरेक वर्ष १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति दिने भनिए पनि विद्यार्थीको आकर्षण नहुँदा तोकिए अनुसारको कोटा पूरा भएको छैन । बितेका ६ वर्षमा उसले ६०० विद्यार्थीलाई उक्त प्राविधिक छात्रवृत्ति वितरण गर्ने लक्ष्य राखे पनि यस अवधिमा जम्मा ३२६ जनाले मात्रै छात्रवृत्तिमा अध्ययन गरेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै नगरपालिकाले स्थानीय सरकार गठन भएको सुरुको वर्षदेखि नै छात्रवृत्तिको व्यवस्था गरेको हो । २०७४ सालमा ५५ जनाले छात्रवृत्ति पाएकोका थिए । त्यसपछिका दुई वर्ष ५१/५१ जनाले मात्रै छात्रवृत्ति पाएका थिए । सुरुका दुई वर्ष सिभिल इन्जिनियरिङ विषयमा छात्रवृत्ति दिएको नगरपालिकाले तेस्रो वर्षदेखि अन्य विषयमा समेत छात्रवृत्ति विस्तार गरेको थियो ।

२०७७ सालमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा २२ जना, पशु विज्ञानमा १६ जना, बाली विज्ञानमा १४ जना, प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङमा ४ जना गरी जम्मा ६२ जना थिए । यसैगरी २०७८ सालमा सिभिल इन्जिनियरिङमा १९ जना पशु विज्ञानमा १४ जना, बाली विज्ञानमा १० जना, सूचनाप्रविधिमा १६ जना गरी ५९ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए ।

यस वर्ष नगरपालिकाले सिभिल इन्जिनियरिङमा १४ जना, पशु विज्ञानमा १५ जना, बालीविज्ञानमा ८ र सूचनाप्रविधिमा ११ गरी जम्मा ४८ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

नगरपालिकाले इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, नर्सिङ, वनविज्ञान, आयुर्वेद, फुड एण्ड टेक्नोलोजी र अटो मोबाइल विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट आवेदन माग गरेको थियो । नगरपालिकाको आह्वानअनुसार इन्जिनियरिङ, पशुविज्ञान, बाली विज्ञान र सूचना प्रविधि विषय अध्ययन गर्नेहरूले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले प्राविधिक छात्रवृत्तिका लागि पहिलो वर्ष ४० लाख विनियोजन गरेको थियो । त्यसयता उसले हरेक वर्ष ३० लाखका दरले बजेट विनियोजन गर्दै आए पनि लक्षित कोटा अनुसार विद्यार्थी उपलब्ध नहुने समस्या भोग्दै आएको छ ।

नगरपालिकाले सम्बन्धित शिक्षण संस्थाहरूले लिने सम्पूर्ण शुल्क व्यहोर्ने गर्दछ । जस अनुसार सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले प्रतिसेमेष्टर ३२ हजारका दरले छात्रवृत्ति पाउने गर्दछन् । पशुविज्ञान, बाली विज्ञान र सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई नगरपालिकाले वार्षिक २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

‘नगरभित्रका शिक्षण संस्थामा पठनपाठन हुने विषय अध्ययनका लागि विद्यार्थीहरूमा चासो देखिए पनि बाहिर गएर अध्ययन गर्नुपर्ने विषयमा उनीहरूमा चासो नदेखिएनको भन्दै रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर पुनमभरले प्राविधिक अध्ययनप्रति विद्यार्थीको रुचि नभएर पनि छात्रवृत्तिको लक्षित कोटा पूरा नभएको हुन सक्ने बताए ।

रोल्पा नगरपालिका भित्रका शिक्षण संस्थाहरुमा सिभिल इन्जिनियरिङ, पशु विज्ञान, बालीविज्ञान र सूचना प्रविधि विषयमा पढाइ हुने गर्दछ । सिभिल इन्जिनियरिङ विषयको डिप्लोमा र प्रि-डिप्लोमा बालकल्याण माविले पढाउने गर्छ भने पशुविज्ञान, बालीविज्ञान र सूचना तथा प्रविधि सीटीईभीटीको आङ्गिक शिक्षालय रोल्पा प्राविधिक शिक्षालयले पढाउने गर्दछ ।

नगरपालिकाको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूले पढाइ पूरा गरेपछि १ वर्ष नगरपालिकामा स्वयंसेवा गर्ने गरी नीति ल्याउने तयारी नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस