९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कवाडी सङ्कलन केन्द्र सार्न पोखरा महानगरको ३५ दिने सूचना

अ+ अ-

काठमाडौँ। कवाडी सङ्कलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी सङ्कलन केन्द्रहरू कारक रहेको महानगरको ठहर छ ।

सूचनामा यसअघि कवाडी सङ्कलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ ।

‘‘मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारबाही हुनेसमेत ब्यहोरा जानकारी गराइन्छ,’ सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसी हस्ताक्षरित सूचनामा भनिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीले ३२ जनामा, गोरखा र बागलुङमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसअघि सन् २०१९ मा गण्डकीमा डेंगु महामारीका रूपमा देखा परेको थियो । उक्त वर्ष २ हजार ६५० जनालाई डेंगु संक्रमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस