६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षिकाको म्याट्रिक सर्टिफिकेट नक्कली ठहर, विशेष अदालत काठमाडौँमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । पर्साको भेडीहरवास्थित नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीको म्याट्रिक सर्टिफिकेट नक्कली रहेको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवीको म्याट्रिक तहको प्रमाणपत्र नक्कली रहेको ठहर गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

उनले सो विद्यालयमा शिक्षक पदमा नियुक्ति लिन भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट जारी भएको भनी झुटो विवरणको एचएस नक्कली लब्धाङ्कपत्र तथा प्रोविजनल प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्साबाट जारी भएको भनी झुटो अस्थायी अध्यापन अनुमतिपत्र समेत पेश गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार सोही कागजात पेश गरी देवीले २०६६ फागुन २ गते देखि ०६७ असार २५ गतेसम्म अध्यापन गरेको पुष्टि भएको छ।

उनीविरुद्ध अख्तियारले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेकाले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुने समेतको मागदाबी छ।

सो ऐनको दफा १६ को उपदफा १ मा कुनै व्यक्तिले राष्ट्र सेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर‚ जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटो विवरण दिएमा उनलाई कसुरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस