१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबाट लोकतन्त्र खतरामा पर्ने संकेत देखिँदै छ : उपेन्द्र यादव

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले पारित गरेर पठाएको विधेयक प्रतिनिधिसभामा फिर्ता गरिदिएकी थिइन् । संसद्ले दोस्रोपटक पारित गरेको विधेयक प्रमाणीकरणमा पनि आनाकानी गरेको भन्दै अध्यक्ष यादवले राष्ट्रपतिबाट लोकतन्त्र जोखिममा पर्ने संकेत देखिएको बताएका हुन् ।

वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार उनले सबै संस्थाले संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताए ।

‘अध्यादेशबाट ल्याएको नागरिकता ऐन कार्यान्वयन हुँदैन भनेर जान्दाजान्दै केही मधेसी नेताहरूलाई भ्रममा राख्न ओलीजी (केपी शर्मा ओली)ले नागरिकता अध्यादेश जारी गर्नुभयो । केही मधेसी नेताहरू भ्रममा पनि पर्नुभयो,’ यादवले भने, ‘त्यही अध्यादेश विधेयकका रूपमा पारित गरौँ भन्दा ओलीजी तयार हुनु भएन । अध्यादेश उही दिन प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिले विधेयक फिर्ता गरिदिनुभयो ।’

उनले राष्ट्रपतिको भूमिका शंकास्पद देखिएको टिप्पणी गरे । ‘उही अध्यादेश ओलीजीले जारी गर्दा सम्माननीय राष्ट्रपति महोदयले उही दिन प्रमाणीकरण गरिदिनुभयो । त्यही अक्षर जस्ताको तस्तै विधेयकका रूपमा संसद्ले पारित गरेर पठाउँदा संसद्मा फिर्ता पठाइदिनुभयो,’ उनले भने, ‘संसद्ले व्यापक छलफलपछि पुनः पठाएको विधेयक उहाँले प्रमाणीकरण गरिरहनुभएको छैन ।’

उनले राष्ट्रपतिको भूमिकाले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न लागेको संकेत गरेको बताए । “संसद्ले पारित गरेर विधेयक पठाउने राष्ट्रपतिले रोक्ने ? संविधानले राष्ट्रपतिलाई यही अधिकार दिएको छ ?,’ प्रश्न गर्दै यादवले भने, ‘संसद्ले पारित गर्दै जाने, राष्ट्रपतिले विधेयक रोक्ने कुराले संघीय लोकतान्त्रिक गणतन्त्र जोखिममा पर्न संकेत देखिँदै छ ।’

प्रतिक्रिया दिनुहोस