काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।
आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिस्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिस्ट भई आएपछि कार्यदलले फाइनल लिस्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए ।
कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमबार बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने भएको छ । सोमबारै माओवादीले समानुपातिक लिस्ट निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।