काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले सम्पूर्ण कर्मचारीसहितको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
नगरकार्यपालीकाको २०७९ असोज १ गतेको बैठकले संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) १० वटै वडाका सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरेको हो ।
सोही निर्णय अनुसार वडा नम्बर ८ को खोड्पे बजारमा पनि कर्मचारी, जन प्रतिनिधि, बजार व्यवस्थापन समिति, सरसफाइ उपभोक्ता समिति लगायतको सहभागितामा सरसफाइ गरेर दिवस मनाउने वडाध्यक्ष एवं सामाजिक विकाश समिति संयोजक हरिस विष्टले बताए ।
