७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछामका पहिरो पीडितलाई राहत दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले गर्ने

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् ।

आइतबार काठमाडौँबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहत वितरण गरेर फर्केका हुन् । 

शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहत वितरण गरेको उनको सचिवालयले जनाएको छ । 

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो । 

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरेको उनका प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिए । 

मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस