७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको चार्टर्ड फ्लाइटमा लफडा, उडान कर्मचारीबीच विभेदविरुद्ध सामूहिक ‘बिरामी रिपोर्ट’

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगमको व्यवस्थापनले उडान चालक दलका सदस्यहरूमाथि विभेदपूर्ण व्यवहार गरेको र ३५ घण्टासम्म विमानभित्रै बस्न बाध्य पारेको भन्दै कर्मचारीले सामूहिक ‘सिक रिपोर्ट’ दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको लागि आज अफ्रिकाको माली चार्टर्ड उडान भर्न लागेको नेपाल वायु सेवा निगमले उडान कर्मचारी (ककपिट क्रु)लाई अघिल्लो दिन दोहामा आराम गर्न पठाइसकिएको छ । तर उडान कर्मचारीलाई भने ३५ घण्टासम्म विमानभित्रै बस्नुपर्ने र आराम गर्नका लागि ककपिट क्रु सरहको सुविधा नदिइएपछि कर्मचारीले सामूहिक बिरामी रिपोर्ट गरेका हुन् ।

विभेदपूर्ण व्यवहारको विरोध गरेका कर्मचारीलाई अप्रेसन निर्देशक आरके शेरचनले जागिर खाइदिने चेतावनी दिएका छन् । उनले ‘सिक रिपोर्ट’ गर्नेलाई अवकाश दिने भन्दै इनफ्लाइट सुपरभाइजर जुनु रिसलाल र सन्तमाया तामाङमार्फत खबर गरेका छन् ।

कर्मचारीको जायज गुनासो कार्यकारी अध्यक्ष युवराज अधिकारीले समेत उपेक्षा गरेपछि उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले लामो दूरी उडानका क्रममा विश्रामको अधिकार नागरिक उड्डयन प्राधिकरणले समेत सुरक्षित नगरिदिएकोमा समेत गुनासो गरेका छन् । उडान अनुमति दिने बेलामै ककपिट क्रुलाई दोहाको होटेलमा आरामको सुविधा र क्याबिन क्रुलाई भने विमानमित्र खुट्टा पसार्न समेत नमिल्ने गरी बस्ने विभेदपूर्ण अनुमति दिइएको छ ।

मालीसम्मको चार्टर्ड उडानको अवधि २५ घण्टा रहेको र ६ वटा टेकअप तथा ल्याण्डिङ रहेको छ । यो भनेको समग्रमा ६ उडान सेक्टर गन्तव्य हो । गिनमले ककपिट क्रुका लागि कालीनाथ्रा विश्राम सेवा होटेलमा व्यवस्था गरेको छ । तर सोही अवधिमा क्याबिन क्रुले भने विमानभित्रै आराम गर्नुपर्ने भनिएको छ । जबकि विमानभित्र विश्राम गर्ने सुविधा छैन । उनीहरूले ककपिट करुसरह विश्रामको सुविधा माग्दा व्यवस्थापनले धम्क्याएको बताइएको छ । कर्मचारीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा क्याबिन क्रु सङ्घ लगायतलाई समेत यसबारेमा लिखित जानकारी गराएका छन् ।

यसैबीच नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै आज हुन लागेको निगमको चार्टर्ड उडान आरए २४५१ मा उडान सुरक्षालाई ध्यानमा नराखिएको र पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै निर्णय नआएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ( एउटै जहाज, एउटै उडानमा ककपिट क्रुलाई मात्र दोहामा विश्रामको लागि राखिएको र क्याबिन क्रुलाई लगातार ३५ घण्टा विश्राम गर्ने सुविधा नभएको ए ३२० जहाजमा उडाउँदा मानसिक र शारीरिक रूपमा हामी क्याबिन क्रुहरु असक्षम भएको जानकारी गराउँछौँ ।

ककपिट क्रु र क्याबिन क्रुबीच श्रम विभेद भएको हुनाले सम्पूर्ण क्याबिन क्रुहरुले अर्को निर्णय नहुँदासम्म सो उडान नगर्ने जानकारीसमेत व्यवस्थापनलाई गराएका छन् ।

प्रतिक्रिया दिनुहोस