काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुरको लाँकुरी भञ्ज्याङमा पुगेका छन् । रिफ्रेसमेन्ट र आगामी रणनीति बनाउन भन्दै उनी लाँकुरी भञ्ज्याङ पुगेका हुन् ।
एक सार्वजनिक भिडियोमा ओलीले मंगलबार कुनै सिरियस काम नरहेकाले रिफ्रेसमेन्टका लागि आएको बताए ।
उनले आराम, आनन्द र कामको संयोजन गर्नेगरी आफू लाँकुरी भञ्ज्याङ पुगेको पनि बताए । श्रीमती राधिका शाक्य र सहयोगीसहित लाँकुरी भञ्ज्याङ पुगेका उनले डाँडाबाट उपत्यकाको दृश्यावलोकन गरेका थिए । उनले घुम्नका लागि फुर्सद निकाल्नुपर्ने बताउँदै चाहना भए जतिसुकै व्यस्त भएपनि समय निकाल्न सकिने बताए । उनले आफूलाई डाँडाकाँडा घुम्न मनपर्ने पनि बताए ।