काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले विभिन्न विपद्जन्य घटनाबाट विद्यालयमा भएको क्षतिको विवरण पेस गर्न अनुरोध गरेको छ ।
बाढी, पहिरो, भूकम्प, आगलागी तथा महामारीलगायत अन्य विपदबाट विद्यालयमा भएको भौतिक तथा सिकाई सामग्रीमा भएको क्षतिको विवरण कागजात सहित दुई दिन भित्र पेस गर्न अनुरोध गरेको हो ।
सामाजिक विकाश कार्यालय बैतडीको आव्हानमा नगरपालिकाले क्षतिबारे प्रहरी मुचुल्का, क्षतिको रकम खुल्ने गरी वडाको सिफारिस, रङ्गिन फोटो र विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतीलिपीसहित विवरण पेस गर्न भनेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टद्वारा हस्ताक्षरित सूचनामा भनीएको छ ।
सूचना !
