७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै

अ+ अ-

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ ।

बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गरिरहेको बताएका हुन् । त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उनले जानकारी दिए ।

अब नेपाल पनि विद्युतीय सवारीमा रूपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । अर्थमन्त्री शर्माले अहिलेको नाडा अटो सो प्रदर्शनी मात्र नभई, अहिलेको आवश्यकता के हो, हामी कता तिर जाँदैछौं, हाम्रो अबको कार्यदिशा के हो भन्ने कुरालाई समेत बहसमा ल्याउन महत्त्वपूर्ण योगदान हुने बताए । यस पटक नाडा अटो सो विद्युतीय सवारीमा केन्द्रित गरिएको छ ।

नेपालको सन्दर्भमा करिब ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेको सन्दर्भ निकाल्दै अर्थमन्त्रीले १६८ अर्बको डिजेल आयात भएको तथ्याङ्क सुनाए । यसले नेपालको डलर बिदेसिएको भन्दै वातावरणीय प्रदूषण समेत बढाएको उल्लेख गरे । अहिले विश्वभर ग्रिन अर्थतन्त्रको बहस चलिरहेको भन्दै अर्थमन्त्रीले तापक्रम बढ्न नदिने र प्रदूषणबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भन्ने बहस सुरु भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस