११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति 

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८ घण्टा बसेको बैठक विना निष्कर्ष टुङ्गिएको हो । 

मधेसमा काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा काँग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ । 

उनले भने, गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट आफूले पाउनुपर्ने अडान राखेको छ । जसपाले आफ्नो आधार क्षेत्र नै मधेस भएको भन्दै बढी सिट पाउनुपर्नेमा अड्डी कसेको छ ।

मधेस प्रदेशमा काँग्रेस र जसपा दुबैले ५० प्रतिशत सिटमा दाबी गरेको अवस्था छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आजको बैठकमा मधेस प्रदेश केन्द्रित धेरै कुरा भएको बताए  । 

तर जसपाका नेताहरू भने काँग्रेसभित्रको आन्तरिक विवादका कारण गठबन्धनको सिट बाँडफाँटमा समस्या देखिएको बताउँछन् ।

कार्यदलका एक सदस्यले भने, कार्यदलको पछिल्ला बैठकहरूमा गगन थापाजी आइराख्नु भएको छैन । काँग्रेसभित्रको आन्तरिक समस्याका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ । सिट बाँडफाँटका लागि बालुवाटारमा साउन २० यता बैठक बस्दा पनि सहमति हुन सकेको छैन । काँग्रेस शीर्ष नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल र गठबन्धनका शीर्ष नेताहरूको बैठक बसे पनि सिट सङ्ख्या समेत टुङ्गिएको छैन । 

कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत सिट बाँडफाँट टुङ्ग्याउन शीर्ष नेताको तयारी छ । तर निरन्तर छलफल पछि पनि शीर्ष नेता र कार्यदलका सदस्य सम्मिलित बैठकबाट पनि निकास निस्किएको छैन  १६५ मध्ये करिब ४५ सिटमा सहमति जुटाउन गठबन्धनमा सकस परेको  नेताहरू बताउछन् । प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग वान टू वान वार्ता गरिरहेका छन् ।

यता डेंगु संक्रमण भएपछि काँग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठकमा सहभागिता जनाएका छैनन् । डेंगु सङ्क्रमणकै बीच असोज २ र ३ गते पार्टीको समानुपातिक बन्दसूची बनाउन बालुवाटारमा बसेको बैठकमा सहभागी थापाले गठबन्धन र कार्यदल दुवै बैठकमा उपस्थिति नजनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माओवादी, एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सुझाएको कार्यदलका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस