१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा धरहरा चढ्न नपाइने, निर्माण कार्य अझै २० प्रतिशत बाँकी

अ+ अ-

काठमाडौँ । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए ।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गरे।

धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ । ब्लक निर्माणका लागि खन्दा दूरसञ्चार प्राधिकरणका १८ हजार तार भेटिएका छन् । त्यहाँ काम गर्दा एकै पटक १८ हजार टेलिफोन लाइनमा समस्या आउने भएकाले सो ठाउँमा काम अगाडि बढाइएको छैन । त्यस्तै सुन्धारामा पहिलेजस्तै पानीको व्यवस्थापन हुनुपर्ने काम पनि बाँकी छ ।

धरहरा क्षेत्रमा आउने पानी र पानी निकासको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ ।

धरहराको उद्घाटन गत २०७८ साल वैशाखमा गरिएको थियो । तीन अर्ब ४९ करोड रुपियाँको लागतमा धरहराको पुनःनिर्माण हुँदैछ । एकाइ प्रमुख अधिकारीले धरहरा निर्माणका लागि चौथो पटक म्याद थपिए पनि सो अवधिमा समेत निर्माण सम्पन्न हुन सक्ने अवस्था नरहेको बताए ।

पछिल्लो पटक आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ । यसअघि कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस