२७ फाल्गुन २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा ४ लाख ३३ हजार मतदाता

अ+ अ-

कलैया । अगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा चार लाख ३३ हजार ५ सय ४ मतदाताले भाग लिने भएका छन् ।

जिल्लाका चार निर्वाचन क्षेत्रसमेत गरी पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार छ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३ हजार पाँच सय चार मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जानकारी दिए । तीन सय पाँच मतदानस्थल, पाँच सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ मा पुरुष ६३ हजार चार सय ६४, महिला ५५ हजार नौ सय छ र अन्य पाँच गरी एक लाख १९ हजार तीन सय ७५ मतदाताका लागि ८६ मतदानस्थल, एक सय ५५ मतदान केन्द्र छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२, महिला ४४ हजार दुई सय ६९ गरी एक लाख पाँच हजार ११ मतदाताका लागि ८२ मतदानस्थल, एक सय ३६ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा पुरुष ५६ हजार पाँच सय २३, महिला ४६ हजार छ सय २५ र अन्य एक गरी जम्मा एक लाख तीन हजार एक सय ४८ मतदाताका लागि ७६ मतदानस्थल र एक सय ३३ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ मा पुरुष ५८ हजार एक सय ५२ मतदाता, महिला ४७ हजार आठ सय १२ र अन्य छ गरी जम्मा एक लाख पाँच हजार नौ सय मतदाता रहेकामा ६१ मतदानस्थल तथा एक सय ३२ मतदान केन्द्र तोकिएको छ ।

विसं २०७४ मङ्सिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तीन लाख ४९ हजार नौ सय ४६ मतदातका लागि तीन सय तीन मतदानस्थलको व्यवस्था गरिएको थियो । तीन सय तीन मतदानस्थलमध्ये ६६ अति संवेदनशील रहेको थियो ।

निर्वाचन क्षेत्र नं १ मा ९६ हजार एक सय ४६ मतदाताका लागि ८४ मतदानस्थल, २ मा कुल ८३ हजार पाँच सय २४ मतदाताका लागि ८२ मतदानस्थल, निर्वाचन क्षेत्र नं ३ मा ८४ हजार छ सय ६९ मतदाताका लागि ७६ मतदानस्थल र निर्वाचन क्षेत्र नं ४ मा जम्मा ८५ हजार छ सय सात मतदाताका लागि ६१ मतदानस्थलको व्यवस्था गरिएको निर्वाचन कार्यालयले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस