७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कैदी बन्दीहरूको मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने

अ+ अ-

काठमाडौँ । डोटीमा कारागार कार्यालय डोटीमा रहेका कैदी बन्दी र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने भएको छ ।

कैदी बन्दी र बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक महिनाको दोस्रो शनिबार मासिक रूपमा स्वास्थ्य परीक्षण गरिने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । जिल्ला अस्पताल डोटीको समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम आज देखी सुरुवात गरिएको समेत प्रजिअ श्रेष्ठले बताइन् ।

आज देखी सुरु गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यमा कारागार भित्र रहेका कैदी बन्दी र बाल सुधार गृह भित्र रहेका बालबालिकाहरूको सामान्य तया सबै कुराहरूको चेकजाँच गरिएको जिल्ला अस्पताल डोटीका एमडीजिपी डाक्टर निराजन श्रेष्ठले बताए । स्वास्थ्य परीक्षण कार्यक्रममा आँखा, दाँत, छाला, ब्लड प्रेसर, ब्लड गु्रप लगाएको सम्पूर्ण चेकजाँच गरिएको डा।श्रेष्ठले बताए ।

दुवै ठाउँमा रहेका ब्यक्तिहरुकोे स्वास्थ्य परीक्षण गर्दा केही व्यक्तिहरूमा सामान्य प्रकृतिका रोगहरू देखिए पनि जटिल रोगका बिरामीहरू कोही नरहेको समेत डा.श्रेष्ठले बताए । स्वास्थ्य परीक्षण पश्चात् आवश्यकता अनुसार निःशुल्क रूपमा औषधी समेत उपलब्ध गराएको थियो ।

कैदी बन्दी र बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखा नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य परीक्षण कार्यको आयोजना गरिएको कारागार कार्यालय डोटीका प्रमुख जेलर लाल बहादुर बोगटीले बताए । कार्यालय प्रमुख बोगटीका अनुसार आज देखी सुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा कारागार भित्र रहेका ६५ जना कैदी बन्दी र बाल सुधार गृह भित्र रहेका ४२ जना बालबालिकाहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

कागारभित्र रहेका दश जना कैदीबन्दीहरुले जिल्ला अस्पताल डोटीमा रहेको ब्लड बैङ्कको लागि आवश्यक ब्लड डोनेसन गरेको समेत जेलर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस