८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दलहरू असफल भए, जनताले विकल्प खोजेका छन् : मन्त्री चौधरी

अ+ अ-

दोलखा । सहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

शनिबार थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोराले अथवा एउटा वंशले देश चल्थ्यो। तर अहिले समय निकै बदलिसकेको छ। अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन। नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ।’

सीमान्तकृत जनजातिहरूलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरूलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए।

‘राजनीतिक दलहरू असफल भए। तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए। अब पुराना दलहरूले जनताको समस्या हल गर्न सक्दैनन्। त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन्। फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ’, मन्त्री चौधरीको भनाइ थियो।

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अड्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आशा व्यक्त गरे।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरूले आआफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस