११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी तयार पार्दैछ माओवादीले घोषणापत्र

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरूका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरूको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी केन्द्रीय सदस्य डीपी ढकालले बताए ।

उनका अनुसार विभिन्न १२ क्षेत्रका विषय विज्ञहरूसँग अन्तरक्रिया गरेर घोषणापत्र तयार हुँदैछ । 

माओवादीले यो पटकको घोषणापत्र छोटो र बुँदागत रूपमा जनताले बुझ्ने भाषामा तयार गर्ने ढकालको दाबी छ । 

​माओवादीले आफूले सक्ने र सम्भव हुने विषयहरूलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । आगामी ५ वर्षमा माओवादीले देशलाई कहाँ पुर्‍याउने भन्ने विषयको रोडम्याप घोषणापत्रमा समेट्ने समितिका नेताहरू बताउँछन् ।

यस्तै माओवादी घोषणापत्र समितिले आइतबारसम्म ११ विषयगत समितिसँग छलफल गरिसकेको छ । सोमबार पत्रकार, वकिल र मानव अधिकार क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरेपछि विषयगत विज्ञसँगको अन्तरक्रिया सकिने जनाइएको छ ।

समितिका सदस्यहरूका अनुसार अहिलेसम्म शिक्षा र संस्कृति, स्वास्थ्य, समावेशी, सामाजिकीकरण, सामाजिक न्यायका र सामाजिक सुरक्षाका प्रतिनिधि र विज्ञसँग छलफल भइसकेको छ । यस्तै वन तथा वातावरण र जलवायु परिवर्तन, ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्र, वित्तीय क्षेत्र, राष्ट्रियता, सार्वभौमिकता र परराष्ट्र मामिला, विज्ञान तथा प्रविधि, सूचना र सञ्चार क्षेत्र, श्रम रोजगार र यातायात क्षेत्र, वाम बुद्धिजीवी, कृषि, भूमि र सहकारी क्षेत्रका प्रतिनिधि र विज्ञसँग पनि छलफल भइसकेको छ ।

मंगलबार सबै विषयगत समितिबाट आएका सुझावलाई कम्पाइल गरेर घोषणापत्रमा समेटिने जनाइएको छ ।

माओवादीले घोषणापत्रमा समेट्न पार्टीका विभाग र जनवर्गीय सङ्गठनबाट समेत सुझाव मागेको छ । ती विभाग र जनवर्गीय सङ्गठनले दिएको सुझावलाई समेत घोषणापत्रमा समेटिने भएको छ । पार्टी केन्द्रले घोषणापत्र तयार गरेपछि आवश्यक विषयवस्तुलाई समेटेर प्रदेश कमिटीले आफू अनुकूल घोषणापत्र तयार गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस