१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास, तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं ६ स्थित घर फर्किँदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो ।

१०र१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको छ ।

कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । 

गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

उनका अनुसार दिउँसो कार्यालयमा केही व्यक्तिले मादक पदार्थ सेवन गरेर होहल्ला गर्नुको साथै कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । सम्झाइ–बुझाइ गर्दा नमानेपछि प्रहरी बोलाएर एक जनालाई पक्राउ गरिएको थियो । त्यसैको प्रतिशोधमा आफूमाथि आक्रमण भएको हुनसक्ने उनले बताए ।

स्रोतका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य प्रह्लाद गिरीको नाति पर्ने ‘बुलेट’ भनिने दीपरञ्जन गिरी दिउँसो गाउँपालिका कार्यालय गएका थिए । केही दिन पहिले राजुराज गिरी भन्ने गिरी परिवारका एक सदस्यले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्ट्याटस’ राखेका थिए ।

सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले दीपरञ्जनलाई आक्रमण गर्नुका साथै प्रहरी बोलाएर पठाएका थिए । त्यसक्रममा जसपाका दीपलाल साह गोढको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रोशमा आएका समूहले अध्यक्ष यादवमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस