१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयकमा अल्मल्याएर संविधान कमजोर बनाउन खोजिँदैछ : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उनको भनाई छ ।

उनले जीवन मृत्युको आधारको रूपमा रहेको नागरिकता विधेयक कुनै बहानामा रोकिएमा ठूलो असमज्यता देखिने उल्लेख गरे ।

विधेयक प्रमाणीकरणमा अवरोध गरिनु असंवैधानिक कदम भएको उनले उल्लेख गरे । गठबन्धनलाई नेपाली काँग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको जनअधिकार सङ्कटमा पर्ने खाँणले तर्क गरे । लोकतन्त्रको बहाली र सुदृढीकरणको लागि काँग्रेसको अग्रसरतामा गठबन्धन गरिएको उनको भनाई थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाण रुपन्देहीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्दैछन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर वडा नम्बर ६ भैरहवामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस