पछिल्लो समय लोप हुँदै चिउरी पेल्ने कोल « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पछिल्लो समय लोप हुँदै चिउरी पेल्ने कोल


१० आश्विन २०७९, सोमबार


घोराही । दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल सङ्कलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे ।

पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने भएपछि चिउरी बाट निकालेको घ्यु पाइन छाडेको छ । परम्परागतरुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र दुःखअनुसारको आम्दानी नहुने भएपछि काम छोड्दै गएको बताउछन् । उनका अनुसार करिब १० वर्षअघिसम्म मौलाकोटवासीका लागि चिउरीको घ्यु पेल्ने काम प्रमुख आम्दानीको स्रोत थियो तर अहिले अधिकांशले छोडिसकेका छन् ।

मौलाकोटमा उत्पादन भएको चिउरीको घ्यु घोराही, तुलसीपुरलगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव सुनाउछन् ।

जङ्गलमा फल्ने फल ल्याउन पैसा नलाग्ने भए पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसले चिउरीको फलबाट घ्यु निकाल्ने पेसा छोड्दै गएको मौलाकोटकै वीरबहादुर घर्तीमगर बताउछन् । स्वास्थ्यका लागि फाइदाजनक र उत्पादन भएको घ्यु बिक्रीमा समस्या नभए पनि चिउरी पेल्न वैकल्पिक माध्यम नहुँदा नयाँपुस्ताले ध्यान नदिएको उनी बताउछन् ।

स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ ।

चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिँदै आएको वीरबहादुर बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस