१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरको फोहोर वर्गीकरण योजना अलपत्र, सूचनामै बन्यो सीमित

अ+ अ-

काठमाडौँ । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौँ महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ ।

सुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर वर्गीकरण गरेर उठाउन चासो दिएको छैन ।

महानगरपालिकाको फोहोर छुट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘फोहोर सङ्कलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको हो,’  ९ असार जारी सूचनामा भनिएको थियो ।

महानगरले आइतबार र बुधबार नकुहिने फोहोर सङ्कलन गर्ने तालिका बनाएको थियो । सोमबार र शुक्रबार कुहिने फोहोर सङ्कलन गर्ने तालिका दिइएको थियो ।

सूचनाअनुसार धैरै महानगरबासीले फोहोर छुट्याउन सुरु गरिसकेका थिए । तर, महानगरले तालिकाबमोजिम फोहोर नउठाएपछि अहिले फोहोर छुट्याउन सुरु गरेकाहरूले पनि मिसाएर फोहोर सङ्कलन गर्न थालेका छन् ।

मेयर बालेन्द्र साह (बालेन) आफैँ फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्‍याली र कार्यक्रमहरूमा सहभागी भएका थिए । मेयर बालेन सहित वडाध्यक्षहरूको टोलीले टोल-टोलमा गएर कुहिने फोहोरबाट गड्यौले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध गरेको थियो ।

तर, नियमित रूपमै फोहोर उठाउन सकस भएपछि महानगरले स्रोतमै फोहोर वर्गीकरण गराउने अभियानमा चासो दिएको छैन । अतिक्रममित संरचना हटाउन जोडबल गरिरहेको महानगरले फोहोर स्वस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताए पनि फिल्डमा त्यसअनुरूपको पहलकदमी देखिएको छैन ।

अहिले नियमित रूपमा फोहोर उठेपनि स्रोतमा वर्गीकरण नभएकाले ‘मिश्रित फोहोर’ नै बञ्चरेडाँडामा पुगेको छ ।  ७ वटा वडाको केही स्थानमा मात्रै वर्गीकरण भएको फोहोर सङ्कलन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावरण विभागको दाबी छ ।

सडकमा थुप्रिएका फोहोरका कारण योजनाअनुसार वर्गीकरण गर्न नसकिएको काठमाडौं महानगरपालिकाको तर्क छ । महानगरको वातावरण तथा कृषि विभागले लामो समयदेखि रोकिएको फोहोरले गर्दा तोकिएको मितिबाटै वर्गीकरणमा आधारित फोहोर व्यवस्थापन गर्न नसकिएको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस