८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपपोतका लागि माटोको अभाव

अ+ अ-

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् ।

दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । ‘देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु’, उनले भनिन्, ‘अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्ने डर छ, त्यही भएर घर लिपपोत गर्न थालेका छौँ ।’

परम्परागतरूपमा थारू समुदायमा अरु बेला घर लिपपोत नगरे पनि दशैँका लागि अनिवार्यरूपमा नयाँ माटोले घर लिपपोत गर्नैपर्ने चलन विद्यमान छ ।’जमरा राख्ने कोठादेखि पूरै घर लिपपोत गर्नुपर्ने पुरानै चलन हो’, स्थानीयवासी मीना चौधरीले भनिन्,’यसलाई अहिले पनि जीवन्त राखेका छौँ, नयाँ माटोले घर लिपपोत गर्नु, सफा सुग्घर बनाउने, नयाँ आगोले डिहुरारमा बत्ती बाल्ने चलन पुरानै हो, यो थारू समुदायको संस्कृतिसँग जोडिएकाले बचाउने प्रयासमा छौँ ।’

घर लिपपोतका लागि चिम्टाइलो ताल वा नदीको माटो आवश्यक हुने गर्दछ । हाल घर लिपपोतका लागि माटो पाउन मुस्किल छ । ‘घर लिपपोतका लागि माटो पाइने क्षेत्र सामुदायिक वन र निकुञ्जभित्र पर्ने भएकाले अनुमति नलिइकन ल्याउन पाइँदैन’, पार्वती चौधरीले भनिन्, ‘वन रक्षकको आँखा छिचोल्दै माटो ल्याउने गरेका छौँ ।’

थारू समुदायका घर टायल वा खपटाको छाना भएका एकनासले बनेका हुन्छन् । एक लहरमै बनेका एकतले घर माटोले लिपपोत गरी चिटिक्क पारिएका हुन्छन् । माटोसँगै गहुँको भुसा, गोबर मिसाएर लिपपोत गर्ने गरिन्छ । घरको पूर्वतर्फको उत्तर दिशामा रहेको कोठामा डिहुरार (देवता राख्ने कोठा) बनाइएको हुन्छ । घर उत्तर-दक्षिण लम्बाइ गरेर बनाइएको हुन्छ । घरको आँगन पूर्वतिर पर्ने गरी राखिन्छ ।

पक्की घर निर्माण हुन थालेपछि थारू समुदायका परम्परागत घर हराउँदै जान थालेका छन् । पक्की घर निर्माणले परम्परागत घर हराउँदै गएपछि पुस्तौँदेखि स्थान्तान्तरण हुँदै आएको संस्कृतिसमेत ओझेल पर्न थालेको छ । पक्की घरमा बस्दै आएका थारू समुदायका नयाँ पिँढीले परम्परागत घरको महत्व र त्यसको सांस्कृतिक पक्षका बारेमा बिर्सँदै जान थालेकामा थारू बूढापाका चिन्तित छन् ।

‘परम्परागत घर बनाउनका लागि सबैभन्दा ठूलो चुनौती काठकै रहेको छ’, थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले भने, ‘पक्की घरकै कारण टायल र खपटा बनाउने उद्योग बन्द भएको वर्षौँ भयो, घाँस पनि पाउन मुस्किल छ, ताल तलैयाको चिम्टाइलो माटो पाउन झनै अप्ठेरो छ ।’

उनका अनुसार बस्ने घर नै थारू समुदायको पहिचान भए पनि त्यो बदलिँदो परिवेशसँगै ओझेल पर्न थालेको छ । ग्रामीण क्षेत्रका केही गाउँमा परम्परागत घर अझै भए पनि विस्तारै ती घरका ठाउँमा नयाँ आधुनिक पक्की घरले लिन थालेको उनले बताए । पुराना मौलिकता भएका थारू समुदायका घर जोगाउनका लागि स्थानीय सरकारले कार्यक्रम ल्याइ काठ, घाँस, टायल र माटो पाउने कार्यलाई सहजता गर्नुपर्ने उनको भनाइ छ ।

घर लिपपोतसँगै थारू महिला दशैँका लागि दुनाटपरी बनाउने र नदी तलाउमा माछा मार्ने काममा समेत जुटेका छन् । हाल तलाउमा पहिलाजस्तो माछा पाइँदैन, त्यही भएर धेरैले बजारबाट माछा ल्याएर दशैँमा काम चलाउने गरेको लक्ष्मी चौधरीले बताइन् । ‘दुना-टपरी लगाउने कार्य घरका बूढापाका महिलाले गर्दै आएका छन्’, उनले भनिन्, ‘घरका बुहारीलगायत अन्यले नदी तलाउनमा माछा मार्ने र घर लिपपोत गर्ने कार्यमा जुटनुपरेको छ, दशैँ थारू समुदायको ठूलो त्यौहार भएकाले यसलाई निकै धुमधामसँग मनाउने गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस