७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात मन्त्री इश्तिहाक राईको सचिव-महानिर्देशकमार्फत ‘च्यानलाइज’ असुली उर्दी !

अ+ अ-

काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ ।

सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने उर्दीपछि आयोजना/प्रमुखहरू आजित बनेका छन् । ‘कमाई हुने कार्यालयमा सरुवा माग्दा त पैसा भन्नु ठिकै पनि होला तर अवधि नै नपुगेको व्यक्तिलाईसमेत सरुवा गरिदिने धम्की दिँदै थमौतीका लागि पनि पैसा दिनुपर्ने दिन आएपछि कसरी जागिर खान सकिन्छ ?,’ एक आयोजना प्रमुखले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग पीडा पोख्दै भने । 

अन्य विकासे अड्डाका मन्त्रीहरूले उपसचिव प्रमुख रहने निकायमासमेत सिधै आफैले डिल गर्ने गरेको सुनिए पनि यातायात मन्त्री इस्तियाक राईले भने सचिव गोपाल प्रसाद सिग्देल र महानिर्देशक अर्जुन जंङ्ग थापामार्फत ‘च्यानलाइज’ गरेर आफू जोगिन खोजेका छन् । अहिले सचिवले सहसचिव र महानिर्देशकले मातहतका निकायमा फोन गर्दै ‘धम्कीपूर्ण’ भाषामा बुझाउन दबाब दिई रहेको अर्का एक उपसचिव स्तरका आयोजना प्रमुखले बताए ।

‘एक वर्षसमेत नाघेको छैन, अनि नबुझाए अन्तै जान तयार हुनुस् भन्ने आशयको फोन आउँछ’ अर्का कर्मचारी भन्छन् ‘चुनावको बेला अलिअलि सहयोग गर है त भनेर पनि पहिले पनि स्वविवेकीय थियो नै अहिले त बढाबढ जस्तो गरेपछि अलि तनाव छ’  

यसबारे मन्त्री राईलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् भने सचिव पनि सम्पर्कमा आउन चाहेनन् र महानिर्देशकले पनि आफूलाई केही थाहा नभएजस्तो गरी ‘जसले यो कुरा भनेको त्यसैलाई सोध्नुपर्ला हजुर’ भन्दै उत्तर दिन चाहेनन् । 

भौतिक पूर्वाधार मन्त्रालय सबैभन्दा धेरै भ्रष्टाचार र पैसाको चलखेल हुने मन्त्रालयमध्ये मानिन्छ । जिल्ला पुग्नै पर्दैन राजधानीकै मुटु तथा आसपासका क्षेत्रका विकास निर्माण नियाल्ने हो भने मात्रै पनि विकासको ‘गति’ र कर्मचारीको ‘मति’ सहजै अनुमान गर्न सकिन्छ । 

त्यसो त अघिल्लो मन्त्रीको पालामा आयोजना प्रमुख हत्याउन ५० लाखसम्मको डिलको गाइँगुइँ कर्मचारी वृत्तमा सुनिएकै थियो । 

प्रतिक्रिया दिनुहोस