७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौनिक अल्पसङ्ख्यकलाई दुई प्रतिशत आरक्षण दिइने 

अ+ अ-

काठमाडौँ । प्रदेश १ सरकारले  सरकारी सेवामा यौनिक अल्पसङ्ख्यकको उपस्थिति निश्चित गर्न आरक्षणको प्रबन्ध गरेको छ।

अबदेखि कर्मचारी नियुक्तिका लागि खुल्ने हरेक विज्ञापनमा दुई प्रतिशत सिट यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित हुने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले जारी गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ ले यस्तो व्यवस्था गरेको हो।

कार्यकालको अन्तिम समयमा रहेको प्रदेश सरकारले अध्यादेशमार्फत निजामती अध्यादेशमार्फत कर्मचारीको सरुवा-बढुवालगायत निर्णय गर्ने अधिकार उपयोगको बाटो पनि खोलेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता एवम् सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले अध्यादेशले समायोजनमार्फत प्रदेशमा आएका कर्मचारीको वृत्ति विकासको बाटो पनि खोलेको बताए।

प्रदेशमा कर्मचारी संख्या न्यून रहेका कारण पनि अध्यादेश ल्याएको उनको भनाइ छ। ‘हाम्रोमा स्वीकृत दरबन्दी करिब ४५ सय हो, अहिले २२ सय मात्रै छ’, उनले भने ‘अब यो रिक्त कर्मचारी संख्या प्रदेश लोकसेवामार्फत पूर्ति गरिनेछ।’

यसबाहेक स्थानीय तहमा रहेका कर्मचारीहरूले अन्तर तह प्रतिष्पर्धामार्फत् १० प्रतिशत कर्मचारी प्रदेशमा आउने बाटो पनि अध्यादेशले खोलेको छ।

संघीय निजामती ऐन नआउँदा कर्मचारी संयन्त्र परिचालनमा समस्या भएको जनाउँदै प्रदेश सरकारहरूले धमाधम अध्यादेश ल्याइरहेका छन्। यसअघि गण्डकी प्रदेश सरकारले पनि निजामती अध्यादेश जारी गरेको थियो।

अध्यादेश ल्याएको ६ महिनाभित्रमा संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अहिले प्रदेशसभाको कार्यकाल सकिएको छ। मंसिर ४ का लागि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस