काठमाडौँ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गोलको अग्रता लिएको छ । दशरथ रङ्गशालामा भइरहेको पहिलो हाफको खेल चलिरहँदा नेपाल तीन-शून्यले अघि छ ।
नेपालका लागि तीनै गोल अञ्जन विष्टले गरे । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।