८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता विपरीत लुम्बिनी प्रदेशसभाले कार्यक्रम गर्दै

अ+ अ-

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ ।

लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो ।

निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन स्थायी राजधानी दाङको मोरीघाढमा देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख छ ।

निर्वाचन आचार संहिता जारी हुने सूचना आए लगत्तै निवर्तमान सांसदहरूलाई प्रदेशसभा सचिव दुर्लभ पुन मगरले कार्यक्रम गर्ने सूचना जारी गरेका छन् । जबकि निर्वाचन आचार संहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ ।

यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले सामान्य कार्यक्रम भन्दा बाहिर गएर कार्यक्रम गर्न नपाउने रातोपाटीलाई बताए । उनले भने, ‘कार्यक्रम कस्तो राखिएको हो त्यस विषयमा बुझेर आयोगका सचिवसँग सल्लाह गरी अगाडि बढ्ने छौ ।’

लुम्बिनी प्रदेशसभाको अन्तिम कार्यक्रम गरेर भए पनि मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा राजधानीको संरचना स्थायीमा ल्याएको जस लिन निवर्तमान सांसदलाई सम्मान कार्यक्रम राखेको विपक्षीको दल एमालेको आरोप छ । एमालेले उक्त कार्यक्रम सहभागी नहुने जनाएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका निवर्तमान प्रमुख सचेतक भूमेश्वर ढकालले आफूहरू सहभागी नहुने बताए । उनले भने, ‘त्यसरी अन्तिममा निर्वाचनमा प्रभावित गर्ने गरी मोरीघाढमा कार्यक्रम गर्नु गलत छ।’ उनले प्रक्रियागत हिसाबले प्रदेशसभा सदस्यहरूको कार्यकाल सकिएकोले कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्ने कोही पनि सहभागी नहुने प्रष्टाए ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गर्दै बजेट दिएको कार्यक्रम गर्न किन नपाउने भन्दै प्रतिप्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस