११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सांसदको बिदाइ कार्यक्रम विवादमा

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशसभाले प्रदेशसभाका निवर्तमान सदस्यहरूका लागि आयोजना गरेको सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम विवादित भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकको बन्द सूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने बताइसकेको छ ।

तर लुम्बिनी प्रदेशसभाले असोज १४ गते दाङमा प्रदेशसभाका निवर्तमान सदस्यको शुभकामना आदान प्रदान कार्यक्रम तय गरेपछि प्रमुख विपक्षी एमालेले निर्वाचन प्रभावित गर्ने उद्देश्यले गर्न लागिएको भन्दै उपस्थित नहुने जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले एमालेका ३६ जना सांसदहरुलाई कार्यक्रममा उपस्थित नहुने एसएमएस पठाएका छन् ।

प्रदेशसभा सदस्यको हैसियतमा निमन्त्रणा गरिएकाले एमालेको आपत्ति रहेको उनले बताए ।

प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जारी गरेको सूचनामा प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख गरिएको छ । जबकि निर्वाचन आचारसंहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ ।

संविधानमा प्रस्ट नभए पनि समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा पेस भएपछि प्रदेशसभा सदस्यहरूको कार्यकाल सकिएको अथ्र्याइएपनि लुम्बिनी प्रदेश सभा सचिवालयले असोज २२ सम्म कार्यकाल रहेको तर्क गरेको छ ।

प्रदेशसभा सचिव दुर्लभकुुमार पुन मगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गरे । उनले निवर्तमान प्रदेशसभा सदस्यहरूको सम्मानका लागि स्थायी राजधानीमा कार्यक्रम गर्न लागिएको बताए ।

यसअघि मौरीघाटस्थित प्रदेशसभा भवन निर्माण नसकिँदै सामान ओसार्न प्रदेशसभाले सुरु गरेको थियो । गठबन्धन दलमै संरचना नबन्दै सामान ओसारेर अलपत्र हुने भन्दै विरोध गरेपछि रोकिएको थियो ।

तर, निर्वाचनलाई मध्यनजर गरी मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा रातारात प्रदेशसभाबाट सामान ओसार्न थालिएको हो । प्रदेशसभामा बिजुली जडान हुन समय लाग्ने भएपछि बुटवलबाट जेनरेटर लगिएको छ । नयाँ प्रदेशसभा भवन अझै पनि पूरा भइसकेको छैन ।

राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण २०७८ वैशाख २४ ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस