९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ चहल पहलले बढ्यो पेट्रोलियम खपत

अ+ अ-

काठमाडौँ । दशैँको चहलपहलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमले जनाएको छ ।

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केही दिनयता बढी रहेको छ । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलो लिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ ।

डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलो लिटरसम्म बिक्री भएको निगमले जनाएको छ ।

दशैँमा जहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धनको बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको निगमले जनाएको छ ।

१ असोजदेखि ११ गतेसम्म कुल २ करोड ८ लाख ३२ हजार लिटर, ३ करोड २८ लाख ६२ हजार लिटर डिजेल र ६३ लाख ९२ हजार लिटर हवाई इन्धन खपत भएको छ । यस्तै १४ करोड ८२ लाख ७० हजार किलो खाना पकाउने ग्याँस बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस