काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन छलफल सुरु गरेको छ। उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ।
बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार छनोट र पार्टीको निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। दसैँ अगावै प्रत्यक्षतर्फका उम्मेदवारहरू टुङ्गो लगाइसक्ने तयारीमा एमाले छ।
समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली संशोधनसम्बन्धी काम एमालेले टुङ्ग्याइसकेको छ।