५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रसचिव पौड्याल क्यानडामा, नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन्। ओटावामा बसेको नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह गरे।

क्यानडास्थित नेपाली राजदूताबासका अनुसार बैठकमा परराष्ट्र सचिव पौड्याल र क्यानडाका ग्लोबल अफेयर्सका सहायक उपमन्त्री पल थोपिलले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर परराष्ट्र सचिव पौड्याल बैठकका लागि क्यानडा पुगेका हुन्।

वार्तामा विकास सहयोग, व्यापार तथा लगानी, शिक्षा, संस्कृति र पर्यटनका साथै वातावरण र जलवायु परिवर्तनलगायतका द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। परराष्ट्र सचिव पौड्यालले नेपालको विकास प्राथमिकता, अल्पविकसित स्थानबाट नेपाल स्तरोन्नति हुन लागेको एवं  संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य हासिल गर्न नेपालले गरेका प्रयासबारे जानकारी दिएका थिए। क्यानाडाले नेपाललाई स्रोत र प्रविधिका हिसाबले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

क्यानडेली पक्षले नेपालको विकास कार्यमा सहयोग गर्न तत्पर रहेको बचन दिएको नेपाली दूतावासले जनाएको छ। ‘परराष्ट्र सचिवले नेपालको जलविद्युतमा क्यानडाबाट थप लगानी र प्रविधिको आवश्यकता रहेको बताउनुभएको छ। ऊर्जा, जलवायु परिवर्तन र संयुक्त राष्ट्र शान्ति स्थापनाजस्ता साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत विभिन्न बहुपक्षीय मञ्चहरूमा निरन्तर सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो,’ नेपाली राजदुताबासद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र सचिव पौड्यालले वैशाखमा सम्पन्न स्थानीय निर्वाचन र आगामी प्रदेश र सङ्घको निर्वाचनबाट नेपालमा लोकतन्त्र थप सुदृढ हुँदै गरेको जानकारी दिएका थिए। उनले कोभिड-१९ महामारीको कठिन समयमा नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएकोमा क्यानडालाई धन्यवाद दिएका थिए।

बैठकमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, परराष्ट्र मन्त्रालय र क्यानडास्थित नेपाली राजदूतावासका अधिकारीहरू सहभागी थिए। क्यानडेली प्रतिनिधिमण्डलमा ग्लोबल अफेयर्स क्यानडाका महानिर्देशक (दक्षिण एसिया)लगायतका अधिकारी र दिल्लीस्थित क्यानडेली दूतावासका डेपुटी चिफ अफ मिसन सहभागी थिए। सचिवस्तरीय संयन्त्रको अर्को बैठक दुई बर्सपछि काठमाडौंमा बस्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस